पर्पला फस्टलुक आउट

फिल्म । अस्ट्रेलियामा बनेको नेपाली फिल्म ‘पर्पला’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । थ्रीलर र हरर जनरामा बनाइएको फिल्मको लेखन तथा निर्देशन मनोज अधिकारीले गरेका हुन् । अष्ट्रेलियामा बस्ने नेपालीहरुको कथावस्तुमा आधारित रहेको फिल्मको सम्पूर्ण छायांकन त्यहीँ गरिएको छ । अष्ट्रेलियामा कार्यरत नेपाली नर्सले काम गर्दा भोगेका अस्वभाविक गतिविधिको चुनौति फिल्मको कथावस्तु हो । हरर जनरामा बनेको फिल्ममा निखिला बुढाथोकीको मुख्य भूमिका छ । पोस्टरमा उनकै चरित्रलाई चित्रण गरिएको छ । निखिला पेशाले नर्स पनि हुन् ।

विदेशी प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण भएको फिल्मको दोस्रो चरणको छायांकन हुन बाँकी छ । निर्माता तथा अभिनेता भानु प्रताप ढकालले यसअघि ‘लालटिन’ निर्माण गरेका थिए । यस्तै , निर्देशक अधिकारीले फिल्म ‘ऋतु’को निर्माण तथा निर्देशन गरेका थिए ।

‘पर्पला’ फिल्मको मुख्य पात्रमा पुकार गौतमले अभिनय गरेका छन् । आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता ढकाल हुन् । कास्मिर डिक्सनको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ । रबिन्द्रकुमार शर्मा,डम्बरबहादुर रसाइली, छबी अधिकारी, सरोजकुमार वाइबा निर्माता हुन् । सरस्वती गौतम, सृजना लगुन, भीमराज रसाइली, वचनकुमार मल्ल सहनिर्माता छन् ।

कमेन्ट गर्नुहोस्