संगीत । बडादसैंलाई लक्षित गर्दै ‘बस है पियारी’ बोलको गीत सार्वजनिक गरिएको छ । सुन्दर सहर पोखरामा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । आकाश दाहालको शब्दमा सन्तोष बस्यालको संगीत र स्वर रहेको गीतले आफ्नो परिवारको खुशीका लागि विदेशिएको पिडालाई दर्साएको छ । गीतमा पोखरा तथा आसपासका मनोरम दृश्यलाई सम्वेष गरिएको छ भने भूमिकामा रहेका कलाकारले चरित्रलाई न्याय गरेका छन् ।
गीतमा गीतकार दाहालसँगै सोफी धरेल र बालकलाकार सृष्टी सापकोटाको अभिनय रहेको छ । जक्सन ग्रुप प्राइभेट लिमिटेड अन्तर्गतको जक्सन म्युजिकले निर्माण गरेको भिडियोमा जय गुरुङको मेकअप , दिपेश केसीको सिनेम्याटोग्राफी र ड्रोन अपरेटिङ रहेको छ भने नेत्र गुरुङले निर्देशनसँगै सम्पदान र कलरीङको काम गरेका छन् ।
कमेन्ट गर्नुहोस्












