सीता खोज्दै लेखक

फिल्म । साउथ इन्डियन फिल्मनगरीमा एकसे एक फिल्म निर्देशनसंगै लेखन गरेका के.भी. विजयेन्द्र प्रसाद पछिल्लो समय ‘सीता’ फिल्मको काममा व्यस्त छन् । उनको लेख्न रहेको पछिल्लो कथा ‘आरआरआर’ हो । यिनै विजयेन्द्रले नयाँ फिल्म ‘सीता’ को कथामा ल्याउने तयारीमा छन् । प्राय पिरियड ड्रामा लेख्न रुचाउने विजयेन्द्र चर्चित निर्देशक एस.एस. राजमौलीका पिता पनि हुन् ।

विजयेन्द्रले नै बाहुबली सिरिजको लेख्न गरेका थिए भने बजरंगी भाइजान पनि उनैले लेखेका हुन् । यिनको आउँदो फिल्म ‘सीता’ मा अभिनेत्री को हुनेछिन् ? यो जिज्ञाषा धेरैलाई छ । यस फिल्मको लागि केहि समय अगाडी करीना कपूर खानलाई अफर गरिएको थियो । यद्दपी उनले समयको हिसाबले आफ्नो पारिश्रमिक १२ करोड माथी भनेपछि यतिबेला निर्माण टीम अन्य विकल्पमा पनि लागेका छन् ।

भारतीय मिडियाका अनुसार विजयेन्द्रले करीनाको विकल्पको रुपमा कंगना रनौतलाई राखेका छन् । यी दुइले लेखक र अभिनेत्रीको रुपमा पछिल्लो समय ‘मणिकर्णिका’ मा काम गरेका थिए । उनि आफ्नो फिल्मको लिड एक्ट्रेसलाई पूर्ण समय दिएर भूमिकालाई न्याय गरोस भन्ने चाहन्छन । यद्दपी यसबारे निर्माण पक्षले केहि बताएको छैन । फिल्मको बजेट ५ सय करोड हुने बताइएको छ भने यो तामिलसंगै तेलुगु , मलयालम , कन्नड , हिन्दी भाषामा रिलिज हुनेछ । ( एजेन्सी)

कमेन्ट गर्नुहोस्