संक्रमितलाई परामर्श दिँदै निखिल

देश । मुलुक घुम्दै कोभिड–१९ का बिरामीलाई मनोसामाजिक परामर्श दिने उद्देश्यले आइतबार डा. सुवास घिमिरे, अभिनेता निखिल उप्रेती, सामाजिक अभियन्ताहरू कर्णबहादुर शाही र शोभा गुरुङलगायत प्रदेश १ को ओखलढुंगा जिल्ला पुगे । जहाँ स्वास्थ्यकर्मीबीच मनोबल उच्च बनाउने विषयमा निखिलले विचार प्रस्तुत गरे ।

अभियानमा जिल्लाका स्वास्थ्यकर्मी, सामाजिक अगुवा, संक्रमित सबै क्षेत्रका समूहलाई स्वास्थ्य मापदण्ड पालना गरी मनोबल उच्च बनाउने किसिमको परामर्श दिने लक्ष्य रहेको उनले बताए । ‘कोभिडको कारणले भावनाको दूरी पनि टाढा नबनाउनु भन्ने हो,’ अभियन्ता निखिलले भने, ‘यति पनि परपर नहुनुस् कि सधैं पर हुनु नपरोस् ।

आत्मबल त पर भएर हैन नजिक भएर बढ्ने हो । त्यसका लागि मनोबल उच्च बनाउन सके इम्युनिटी बढ्छ ।’ मुलुक घुम्दै कोभिड–१९ का बिरामीलाई मनोसामाजिक परामर्श दिने उद्देश्यले यो समूह मेची–महाकाली यात्रामा छ । काठमाडौंमा कोभिडका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका अभियन्ताले मनोसामाजिक परामर्श अभियान पनि थालेका हुन् ।

कमेन्ट गर्नुहोस्