फिल्म । भारतीय फिल्म प्रेमी दर्शक माँझ प्रतिक्षित फिल्मको अग्रपंक्तिमा रहेको ‘केजिएफ च्याप्टर २’ को स्वरांकन थालिएको छ । आउँदो जुलाईको अन्तिम साता प्रदर्शनमा आउने फिल्मको स्वरांकन यशले थालेका छन् । फिल्मका निर्देशक प्रशान्त नीलले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएका छन् । उनले तस्वीर र क्याप्सन सहित जानकारी दिएका हुन् ।
पहिलो च्याप्टरको सफलता पश्चात नै दोस्रो च्याप्टरलाई दर्शकले व्यग्र प्रतीक्षा गरिरहेका छन् । सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी , रविना टन्डन , संजय दत्त पनि मुख्य भूमिकामा छन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् संजयनले भिलेन अधिराको भूमिका निर्वाह गर्नेछन् । फिल्म पहिलो च्याप्टर झैँ पाँच भाषामा रिलिज हुनेछ । (एजेन्सी)
Dubbing with rocky is always rocking ✨@TheNameIsYash #KGFChapter2 pic.twitter.com/LYsCgjUMEP
— Prashanth Neel (@prashanth_neel) March 23, 2021











