‘अर्जुन रेड्डी’ रीमेकलाई चाहियो कलाकार

फिल्म । सुपरहिट दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागी फिल्म युनिट कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा वितरणको लागी अुनमती लिएको युवा फिल्म्सले अहिले यसको लागी कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ । विशाल सापकोटाले निर्देशन गर्ने फिल्म करिब १ वर्ष अघि नै निर्माण घोषणा भएता पनि कोरोनाका कारण ढिलाई भईरहेको थियो ।

युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसन दिनको लागी [email protected] मा इमेल गर्न आग्रह गरेका छन् । दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनीत यस फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । यसलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दै छन् ।

कमेन्ट गर्नुहोस्