अन्नतको ‘हाल यही’ मा प्रज्वल र नग्मा

संगीत । गायक राज सगारको स्वर र संगीतमा ‘हाल यही’ सार्वजनिक भएको छ । लक्ष्मण गगणको शब्द रहेको गीतलाइ भिडियोमा निर्देशन अनन्त प्रसाद तिमल्सेनाले गरेका छन् । निर्देशक तिमिल्सेनाले गीतको अनुसार नै भिडियो तयार गर्ने कोशिस गरेको बताए ।

गीतको भिडियोमा प्रज्वल गौतम , नग्मा श्रेष्ठ र सुष्मा कार्कीको अभिनय रहेको छ । गीतमा दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी , टेकेन्द्र खड्काको कलर र सम्पादन , रामकुमार केसीको छायांकन , शर्मिला सुनुवारको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्