देश । नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक सम्पूर्णमा अपिल गरेका छन् । आफ्नो समाजिक सञ्जाल मार्फत प्रेस विज्ञाप्ति जारी गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमा गर्ने भनेको विरोध प्रदर्शनलाई सशक्त बनाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत भएको उल्लेख गर्दै भनेका छन्, ‘संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।’ कांग्रेस सभापति देउवा प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई असंवैधानिक भने पनि प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा बनाउन नहुने पक्षमा दृढ देखिएका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्ने तर पुनःस्थापनाको माग उठाउन नहुने देउवाको भनाइ छ ।
संसद विघटनकाे #असंवैधानिक कदम विरुध्द #१३_गतेकाे #प्रदर्शनमा सहभागीताकाे लागि #अपील pic.twitter.com/fSDG4K4dvX
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 26, 2020









