फिल्म । केहि दिन अगाडी राजधानी एक कार्यक्रम आयोजना गर्दै देखाइएको फिल्म ‘माया बस्छ कि के हो !’ मा समावेश गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । राजु अधिकारी निर्देशित फिल्म ‘माया बस्छ कि के हो !’ को शीर्ष गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले आफ्नो आवाज भरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा नव-अभिनेता सोनाल तामाङ र नव-अभिनेत्री कस्मता निरौला देखिएका छन् ।
प्रेमकथामा आधारित भएर निर्माण भएको यो फिल्मबाट सोनाल र कस्मताले अभिनयमा डेब्यू गर्दैछन् । आरती अधिकारीको कथा रहेको फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी र निर्मातामा बहादुर सिंह तामाङ र गंगा गिरी रहेका छन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद, रविन्द्र बरालको छायांकन र विपिन मल्लको सम्पादन रहेको फिल्मको छायांकन बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड र काठमाडौंमा भएको हो । फिल्ममा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल लगायतको पनि अभिनय छ ।










