क्रिकेटर बन्दै अनुष्का

फिल्म । पछिल्लो समय एक्ट्रेस अनुष्का शर्मा पर्दाबाट टाढा छिन् । उनि सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि ठूलो पर्दामा देखिएकी छैनन् । उनको धेरैजसो समय क्रिकेटर पति विराट कोहलीसँग बितिरहेको सामाजिक सञ्जाल मार्फत अनुमान लगाउन सकिन्छ । तर , अनुष्का अब उद्योगमा फिर्ता हुने तयारीमा जुटेकी छन् र क्रिकेट नै उनको कमब्याकको विषय हुने भएको छ ।

भारतकी चर्चित क्रिकेटर झुलन गोस्वामीको जीवनीमा बन्न लागेको बायोपिकमा उनी क्रिकेटरको भूमिका निर्वाह गर्ने खबर भारतीय मिडियामा छ । यो प्रोजेक्टको छिट्टै औपचारिक घोषणा हुँदैछ । केही समयअघि अनुष्का झुलनसँग कोलकाताको इडन गार्डेनमा देखिएकी थिइन् । त्यहाँ उनी यो फिल्मको अनाउन्समेन्ट सुट गर्न पुगेकी थिइन् । झुलन भारतीय महिला क्रिकेट टिमकी कप्तान रहिसकेकी छन् । उनको प्रदर्शनबाट अनुष्का प्रभावित छिन् । उनलाई २००७ मा आईसीसीले महिला प्लेयर अफ दी इयर घोषित गरिएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्