बेस्ट प्लेयरमा मेसी, रोनाल्डो र लेवान्डोस्की

विदेश । फुटवलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘दी बेस्ट फिफा अवार्ड’को विभिन्न विधामा अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । उत्कृष्ट पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधामा बेस्ट ३ मा पर्नेहरुको सार्वजनिक भएका छन् । उनीहरुलाई डिसेम्बर १७ मा आयोजना हुने समारोहमा अवार्ड प्रदान गरिनेछ । यस अगाडी सार्वजनिक गरिएको ११ खेलाडी मध्येबाट छानिएको ३ को सूचीमा पुरुष उत्कृष्ट खेलाडीतर्फ क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी र रोवर्टो लेवान्डोस्की परेका छन् । बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक भएको हो । मनोनयनमा पर्नेहरुको सूची यस्तो छ : दी बेस्ट फिफा मेन्स प्लेअर लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की । दी बेस्ट फिफा वुमन्स प्लेअर लुसी ब्रोन्ज, पर्निल हार्डनर, वेन्डी रेनार्ड । दी बेस्ट फिफा वुमन्स गोलकिपर साराह बउहाडी, क्रिस्टियन एनडलर, एलिसा नाएहर । दी बेस्ट फिफा मेन्स गोलकिपर एलिसन बेकर, मानुएल नोए, जान ओब्लाक । दी बेस्ट फिफा वुमन्स कोच एम्मा हायस, जिएन लुसी भासेर, सारिना विगमन । दी बेस्ट फिफा मेन्स कोच मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप । फिफा पुस्कास अवार्ड जिओर्जिएन्ड अरास्काएटे, हेउन मिन सन, लुइस सुआरेज ।
कमेन्ट गर्नुहोस्