फिल्म । अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन युट्युबमा रिलिज भएको छ । फिल्ममा अनमोल फुटवलरको भूमिकामा देखिएका छन् । फिल्म हलमा भने झन्डै २ वर्ष अगाडी प्रदर्शनमा आएको थियो । भुवन केसीको निर्माण रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई डिजिटल राइट्स रहेको कम्पनि ओएसआर डिजिटलले युट्युब च्यानलमा रिलिज गरेको हो ।
फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । उपासना सिंह ठकुरी, प्रियंका एमभीको यो डेब्यु फिल्म हो । कविराज गहतराजको कोरियोग्राफी, नवराज उपे्रतीेको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्










