संगीत । किरण भुजेलको नयाँ गीत ‘कान्छी मट्याङ ट्याङ’को म्यूजिक भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा गीतमा किरणसँगै एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतमा सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत छ ।
गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ । किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको म्युजिक भिडियोमा अभिनय छ ।
कमेन्ट गर्नुहोस्










