विदेश । कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्वनै तरंगित छ । यसको प्रभावले विश्वलाई नै ठुलो असर परेको छ । मान्छे विरामी भएका छन् भने ज्यान पनि गुमाएका छन् । किनकी गत वर्षको डिसेम्बरमा पहिलोपटक देखिएको भाइरसबाट बचाउने खोप यतिबेला सम्म पनि बन्ने प्रक्रियामै छ । विश्व स्वास्थ्य संगठनले कुनै पनि खोपलाई हालसम्म पनि आधिकारिकता दिईसकेको छैन । यसै बीच बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहरकेो कोरानो भाइरस विरुद्धको खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी देखिएको छ । युनिभर्सिटीले सार्वजनिक गरेको अन्तिम चरणको मानव परीक्षणमा यो खोप ७० प्रतिशत प्रभावकारी पाइएको बीबीसीले जनाएको छ ।
यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले निर्माण गरिरहेको कोरोना खोप संक्रमण नियन्त्रणका लागि ९५ प्रतिशत प्रभावकारी रहेको खोपको तुलनामा यो खोप निकै सस्तो र स्टोर गरेर राख्न पनि सजिलो हुने किसिमको रहेको समय नतिजाले बताएको छ । यो खोपको लागि बेलायत सरकारले यसअघि नै १० करोड डोज प्रि–अर्डर गरिसकेको छ ।
यो खोपको अन्तिम चरणको मानव परीक्षणमा ब्राजिल र बेलायतका गरी २० हजार स्वयंसेवकहरु सहभागी थिए । जस मध्ये आधालाई कोरोनाको खोप र आधालाई डमी खोप दिइएको थियो । दुई खोपको डोज पूरा भएपछि गरिएको अध्ययनमा कोरोना खोप लिएका ३० जना मानिसमा संक्रमण देखिएको थियो भने डमी खोप दिइएका १०१ जनामा संक्रमण देखिएको थियो । (एजेन्सी)








