विदेश । इण्डियन प्रिमियर लिग (आपिएल) क्रिकेटमा भएको पछिल्लो खेलमा कोलकता नाइट राइडर्समाथि रोयल च्यालेन्जर्स बेंग्लोरले विजय प्राप्त गरेको छ ।सोमबार शारजाहमा भएको खेलमाटस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले कलकतालाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । बेंग्लोरले २ विकेटको क्षतिमा १ सय ९४ रन जोड्यो।
१ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १२ रन मात्र जोड्न सक्यो। ओपनिङमा मौका पाएका टम बनटनले ८ रन भन्दा बढी जोड्न सकेनन्। अर्का ओपनर शुभमन गिलले टिमका लागि सर्वाधिक ३४ रन जोडे। योसँगै आइपिएलमा पहिलो चरणका खेल सकिएका छन् ।
पहिलो चरणमा सम्पूर्ण टिमले समान ७-७ खेल खेलका छन् । जहाँ शीर्ष स्थानको मुम्बई, दोस्रो स्थानको दिल्ली र तेस्रो स्थानको बेंग्लोरले समान १०-१० अंक जोडेका छन् । कोलकता ८ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको हैदरावाद र छैटौं स्थानको राजस्थानको ६-६ अंक छ । सातौं स्थानको चेन्नईले ४ अंक जोडेको छ भने पुछारको पञ्जावको २ अंक मात्र छ। आइपिएलमा मंगलबार सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ। (एजेन्सी)










