करणको फिल्ममा शाहिद र दिशा

फिल्म । ‘कबिर सिंह’ मा अभिनय गरेसँगै अभिनेता शाहिद कपूरले आफ्नो क्रेज फर्काएका छन् । आर राजकुमार , हैदर , उद्ता पन्जाब जस्ता फिल्म मार्फत चर्चा हुने शाहिद अब आफ्नो क्रेजलाई अझै बढाउने तयारीमा छन् । उनले आउँदो प्रोजेक्टहरुलाई निकै सोचेर डिसिजन गरिरहेका छन् । पछिल्लो समय साउथ इण्डियन फिल्म ‘जर्सी’ को रीमेकमा काम गरिरहेका शाहिदले नयाँ फिल्म ‘योद्धा’ गर्ने भएका छन् ।

धर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मलाई शशांक खेतानले निर्देशन गर्नेछन् । शाहिद फिल्ममा एक्सन हिरोको भूमिकामा देखिनेछन् । फिल्ममा उनको को-स्टार हुनेछिन् दिशा पटानी । आफ्नो ग्लामर छविका कारण चर्चामा आइरहेकी दिशालाई निर्माण पक्षले तय गरेका छन् । शाहिदसँग फिट देखिनुका साथै एक्सन गर्ने सके हिरोइन खोजि भइरहेकाले दिशालाई लक गरिएको निर्माण पक्षको भनाई छ । यो फिल्म मार्फत पर्दामा दिशा र शाहिदको जोडी पहिलो पटक देखिदैछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्