देश । ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो। विहिबार ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि कर्फ्यू आदेश जारी गरिएको छ । निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि स्थानीय र प्रहरीबीच झडपले उग्ररुप लिएको थियो ।
रथयात्राका लागि पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेपछी कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले स्थानीयलाई माइकिङ गरेर घर जान आग्रह गरेको थियो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन रहेको भन्दै स्थानीयले निषेधाज्ञा मिचेका थिए । त्यसपछि प्रहरी र स्थानीयबासी बीच सिर्जित अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
प्रशासनले निषेध गरेको क्रियाकलाप नगर्न आग्रह गरिएको छ । त्यस्तो गरेको पाइएमा ड्युटीमा रहेका प्रहरीले गोलि समेत हान्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।











