बाह्र जिल्लामा पाँचसय बढी संक्रमित

देश । पछिल्लो समय पाँचसय बढी संक्रमित रहेको जिल्लाको संख्या १२ पुगेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला भदौ १ सम्म पर्सा, रौतहट, महोत्तरी र काठमाडौं मात्रै थिए । तर , मंगलवारसम्ममा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रूपन्देहीमा धेरै संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी जिल्लामा मात्रै सक्रिय संक्रमित १३ हजार ९४ जना छन् । यो संख्या मुलुकभरका संक्रमितको ७२.२९ प्रतिशत हो । मुलुकभर १८ हजार १ सय १२ सक्रिय संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्