रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने तयारीमा नेपाल

देश । पछिल्लो समय नेपालले उड्डयन क्षेत्रमा नयाँ कार्यहरु गरिरहेको छ । जसअनुसार नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने गरी प्रक्रियालाई अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको बताइएको छ ।

नेपालबाट सिधै उडान नहुदा नेपालीहरु ट्रान्जिटबाट यात्रा गरिरहेका छन् । यसैलाई मध्यनजर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालसँग इच्छुक रहेका देशमा विस्तारै उडान थप्ने प्रक्रिया सुरु गरेको हो ।

कमेन्ट गर्नुहोस्