फिल्म । पछिल्लो समय ‘प्रसाद २’ को बन्ने खबर आइरहेको छ । फिल्मको स्क्रिप्टको काम भईरहेको छ । यसका निर्माता शुभाष थापाले सामाजिक सञ्जाल तस्बिर पोस्ट गरेसंगै प्रसादको प्रिक्वेल बन्ने चर्चाले आधिकारिकता पाएको थियो । यसपटक टिममा निर्देशक भने फेरिएका छन् । समिक्षकले समेत तारिफ गर्नुका साथै थुप्रै अवार्ड पनि जितेको प्रसादलाई दिनेश राउतले निर्देशन गरेका थिए । यद्दपी यसको सिरिजलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।
दिनेशले आफ्नो संलग्नता नहुनुलाई फिल्मको मर्म अनुसार कथा अगाडी बढाउँन सहि नलागेको बताएका छन् । ‘एउटा विचार बोकेको फिल्मलाई व्यापारिक हिसाबबाट सोचेर प्रिक्वेल बनाउन सही नलागेपछि म नजोडिएको हुँ । म ‘प्रसाद २’ बनाउनुपर्छ भन्ने तर्कमा सहमत हुन सकिनँ’ दिनेशले भने । यद्दपी फिल्म बनाउने अधिकार सम्पूर्ण रुपमा निर्मातासंग रहेको समेत प्रस्ट्याए । ‘प्रसाद’ भन्दा ‘प्रसाद २’ उत्कृष्ट बने आफू खुशी हुने निर्देशक राउतले बताए ।











