फिल्म । लकडाउन हटेसंगै निर्देशक तथा निर्माता मिलन चाम्सले आफ्नो नयाँ प्रोजेक्टको काम अगाडी बढाएका छन् । उनले आफ्नो ड्रिम प्रोजेक्ट गोर्खा वारियरलाई केहिपछि सार्दै प्रेम कथामा बन्ने फिल्मलाई अगाडी सारेका हुन् । उनले कामलाई अगाडी बढाएसंगै संगीतकार अर्जुन पोखरेललाई अनुवन्धित गरेका छन् । ‘हामीले यसक्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउनुपर्छ । त्यसैले हामीले सुरक्षित रहदै आफ्नो प्रोजेक्टको काम अगाडी बढाएका हौँ’ चाम्सले भने । यता, संगीतकार अर्जुन पोखरेल पनि लकडाउन अन्त्य भएकै दिनमा नयाँ चलचित्रमा अनुवन्धित हुन पाउँदा खुशी छन् ।
कमेन्ट गर्नुहोस्










