फिल्म । प्राय फिटनेस र हटनेसको कारण चर्चामा आउने बलिउडकी एक्ट्रेस दिशा पटानी पछिल्लो समय स्थापित हुदैछिन् । एक्टर टाइगर श्राफकी प्रेमिका भनेर बलिउडमा उदाएकी दिशाले आफ्नो कामलाई क्रमसः पहिचान बनाउदैछिन् । पछिल्लो समय मलंगमा हट अवतार पेस गरेकी थिइन् । यिनै दिशा यसैवर्ष सलमान खानसंग फिल्म राधेमा देखिदैछिन् । सलमानसंग पहिलोपटक ‘भारत’ फिल्ममा काम गरेकी दिशाले राधेमा लिड एक्ट्रेस बन्ने मौका पाएकी छिन् । यसैगरी उनि मलंग निर्देशक मोहित सुरीको फिल्म ‘एक भिलेन–२’मा जोन अब्राहमसँग स्क्रिन सेयर गर्दै देखिने छिन्।
दिशाले बलिउडमा आफ्नो उपस्थिति तीव्र बनाउदैछिन् । सोसल मिडियामा उनको फरकफरक लुक, पर्दापछाडिका कुरा र कार्यतालिका बारम्बार आउने गर्छन्। सोसल मिडिया ह्यान्डल हेर्दा र दिशाको बलिउडको छलाङ्ग हेर्दा उनले छिटै स्थापित हुने दौडमा रहेको अनुमान सहजै लगाउन सकिन्छ । (एजेन्सी)











