गायन प्रति लगाव

फिल्म । अभिनेता आर्यन सिग्देलले दशक अगाडी चकलेटी हिरोको ट्याग पाए । निखिल उप्रेती , विराज भट्टको एक्सनले दर्शकलाई मनोरंजन प्रदान गरिरहेको समयमा आर्यनले लभ स्टोरी फिल्म मार्फत मन जिते । अभिनेता बन्न निकै संघर्ष गरेका आर्यनको लुक्स र अभिनय;ए युवापुस्ताको मन जित्यो । उनि एकपछि अर्को फिल्ममा लभरब्वाईको रुपमा देखिन थाले ।

उनलाई अभिनय गर्न सक्ने चकलेटी लुक्स भएको हिरो भनियो । किनकी उनको अभिनयले उत्तिकै चर्चा पाउथ्यो भने लुक्सले युवतीहरु फिदा थिए । यिनै आर्यनलाई गायनको पनि उत्तिकै सौख छ ।

उनले एक अन्तर्वार्ताको क्रममा आफुले राम्रो गाउन सक्ने भए अभिनेता बन्ने थिइन् भनेका छन् । ‘मलाइ गायन निकै मन पर्छ र म राम्रो गाउन सक्ने भए सायद अभिनयमा आउदिन थिए होला’ आर्यनले भने । उनि घरमा हुँदा गीत गुनगुनाउँदै कामहरु गर्ने गर्छन् । ‘घरमा हुँदा गीत गुनगुनाई रहेको हुन्छु र आउने पाहुनालाई पनि उत्तिकै सुनाउछु’ उनले भने । आर्यनले गत वर्ष हजार जुनीसम्म र च च हुइ फिल्ममा अभिनय गरेका थिए । त्यसपछि उनले फिल्मको लागि समय लिईरहेका छन् ।

कमेन्ट गर्नुहोस्