फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल ‘लकडाउन’ छ । नेपालमा चैत्र १० गते दोस्रो कोरोना संक्रमितको पुष्टी स्वयम् नेपाल सरकारले गरे लगतै भोलिपल्ट चैत्र ११ गतेदेखि नेपालमा ‘लकडाउन’ गरिएको हो । लकडाउनमा विधार्थी तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई अप्ठेरो पर्ने गर्छ । समाजमा परेको अप्ठेरोलाई समाजबाटै समाधान गर्ने प्रयास स्वरूप केहि सहयोगीले हात अगाडी बढाउदै सहयोग गर्ने गर्छन् ।
पछिल्लो समय नेपाली फिल्मका निर्देशक तथा कलाकारहरुले पनि सहयोगी हात अगाडी बढाएका छन् । यसैक्रममा सहयोगी हात अगाडी बढाउदैछन् , निर्देशक एभेरेस्ट सुर्य बोहोरा पनि । उनले लकडाउनमा समस्यामा रहेकालाई व्यक्तिगत रुपमै सहयोग गरिरहेका छन् । उनले सुरक्षाकर्मी देखि समस्यामा रहेकालाई सहयोग गर्दै आएका छन् । सुरक्षाकर्मीलाई स्यानिटाईजर र पानी प्रदान गरेका छन् भने विपन्नलाई खाद्यान्न । निर्देशक बोहोराको कामको सामाजिक सञ्जालमा राम्रै प्रसंशा भइरहेको छ ।










