देश । गत २४ घण्टामा नेपालमा गरिएको कोरोना भाइरस (कोभिड १९) परिक्षणमा थप २ सय २६ जनामा संक्रमण रहेको पुष्टी भएको छ । सोमबार आयोजित नियमित मिडिया ब्रिफिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाकाले पछिल्लो २४ घण्टाको अपडेट गराएका हुन् । नयाँ संक्रमितमा २ सय २६ थपिएसँगै नेपालमा कुल कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय ९३ पुगेको छ । थपिएका नयाँ संक्रमितमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
संक्रमित हुनेमा दैलेखमा ४१ जना , कपिलवस्तुमा ४० जना , सर्लाहीमा ३८ जना , जुम्लामा १९ जना , रौटहतका १८ जना , कैलालीका १४ जना , सल्यानका १० जना , दाङका ९ जना , बाँकेका ७ जना , धनुषाका ७ जना , सुर्खेतका ५ जना , सिरहाका ५ जना , नवलपरासी पूर्वका ३ जना , झापाका २ जना , महोत्तरीका २ जना , मकवानपुरका १ जना , उदयपुरका १ जना , अछामका १ जना , बैतडीका १ जना , डोटीका १ जना र कञ्चनपुरका १ रहेका छन् ।
पछिल्लो २४ घण्टामा भेटिएको यो अहिलेसम्मकै धेरै संख्या हो । हालसम्म ७१ हजार ९ सय ३ जनाको पिसिआर विधि मार्फत परिक्षण गरिएको छ भने आरडीटि विधि मार्फत १ लाख १३ हजार ७ सय ५७ जनाको परिक्षण गरिएको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १३ हजार ७ सय ५७ रहेको छ भने कोरोना भाइरसको संक्रमणलाई जित्नेको संख्या २ सय २१ रहेको छ । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।









