वर्षाको टिकटक

गसिप । मानिसको नियति नै यही हो, पहिले जे गर्दिनँ भन्यो, त्यही गर्नुपर्ने। यो नियतिको शिकार बनेकी छिन्, वर्षा शिवाकोटी। यिनै वर्षा थिइन्, जसले कुनै समय कलाकारलाई टिकटकले सस्तो बनाइदिएको भन्दै टिकटकमा नआउने घोषणा गरेकी थिइन्। फिल्म नचल्नुमा टिकटकमा कलाकार बाक्लै देखिनु पनि एक कारण रहेको उनको ठम्याइ थियो।

तर, यसो भनेको वर्ष दिन बित्न नपाउँदै वर्षाले टिकटक ज्वाइन गरेको जानकारी गराइन्, त्यो पनि लाइभमा आएरै। लकडाउनको फुर्सदमा टिकटक हेर्दै जाँदा रमाइलो लागेपछि आफूलाई पनि यो प्लेटफर्ममा आउन रहर लागेको उनको भनाइ थियो। टिकटकमा नआउने निर्णय पनि उनकै थियो र अहिले आउने निर्णय पनि उनकै हो।

त्यसमा हामीलाई केही भन्नु छैन। तर, यहाँ आएर कलाकार सस्तिएको र यही कारण फिल्म चल्न छाडेको भन्ने उनकै निष्कर्षलाई चाहिँ के गर्ने ? कि लकडाउनकै बीचमा वर्षाले अनुसन्धान गरेर अर्कै निष्कर्ष निकालिसकिन् ? (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्