सलमानले लिए २ सय ५० करोड

टिभी । बलिउडका भाइजान अर्थात् सलमान खान बेलाबखतमा पारिश्रमिकले गर्दा चर्चामा आउने गर्छन् । उनले अभिनय गर्ने फिल्ममा शेयर लिने गरेका छन् , जसले गर्दा उनको पारिश्रमिक सय करोड माथि नै हुनेगरेको खबर भारतीय मिडियामा आउने गरेको छ । यिनै सलमान पछिल्लो समय बिग बोसको नयाँ सिजनको कारण चर्चामा आएका छन् ।

बिग बोसको १४ औँ सिजन होस्ट गरेवापत उनको पारिश्रमिक २ सय ५० करोड भएका छ । कार्यक्रम प्रशारण हुने टेलिभिजन कलर्सले सलमानसँग सम्झौता गरेको हो । सलमानले यो पारिश्रमिक पाएसँगै टेलिभिजनमा शो होस्ट गरेवापत भारतमा पाउने सबै भन्दा बढी रकम पाएका हुन् । आउँदो अक्टोबरबाट टेलिभिजनमा प्रसारण हुने शोलाई सलमानले होस्ट गर्नेछन् । उनले प्रोमोको छायाँकन सकाएका छन् । जसको प्रसारण केहि दिनमै गरिनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्