संगीत । गायक सञ्जिव पराजुलीले ‘छैन मलाइ पिर’ बोलको नयाँ गीत याएका छन् । लकडाउनकै बीच उनले गीतलाई सार्वजनिक गरेका हुन् । उनले गीतको भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरेका छन् ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतको भिडियो कुसुम गुरुङ, नाजिर हुसेन , सुनिता मगर, कोपिला बुढाथोकी , कपिल मगर र गायक स्वयम् पराजुली फिचर्ड छन् । गीतमा मोहित मुनालको एरेन्ज छ । ग्रामिण परिवेशमा सेटअप गरिएको गीतमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ । भिडियोलाई एलिन श्रेष्ठले निर्देशन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्












