प्रदेश नम्बर २ मा थपिए ६ जना संक्रमित

देश । कोरोना भाइरस (कोभिड १९) को संक्रमित केहि दिन यता बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । छिमेकी मुलुक भारतबाट आएका नेपालीहरुको राम्रै चेक जाँच नगर्दा संक्रमण समुदायस्तरमा फैलिरहेको छ । पछिल्लो समय संक्रमितको वृद्धिदर हेर्ने हो भने यसले महामारीको रुप लिन समय लगाउदैन । पछिल्लो जानकारी अनुसार प्रदेश नम्बर २ मा ६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश २ को सिरहामा ४ जना रौतहटमा १ जना र धनुषामा १ जना कोरोना संक्रमितहरु थपिएका हुन् । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या २३९ जना पुगेको छ ।

भेटिएका नयाँ संक्रमितहरु अधिकांस भारतबाट आएका छन् । यसैगरी अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । अर्घाखाँची जिल्लामा कोरोना पोजिटिभ देखिएको छ। पाणिनी गाउँपालिका–८ पालीको कमला माविको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची अस्पतालले जनाएको छ । नयाँ ८ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमिको संख्या ६ सय ९० पुगेको छ ।

कमेन्ट गर्नुहोस्