नेपालमा कोरोना संक्रमित ६ सय ७५

देश । सोमबार दिउसोसम्म नेपालमा नयाँ कोरोना भाइरस (कोभिड १९) संक्रमित ७२ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको ७२ जना संक्रमितमध्ये ५४ जना प्रदेश नम्बर २ को रहेका छन् । नयाँ संक्रमितमा बढी रौतहटमा देखिएका छन् । रौतहटमा २६ जना , बारामा २३ जना , धनुषामा ३ जना र सप्तरीमा २ जना थपिएका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ सय ३२ पुगेको छ । भने , नेपालमा ६ सय ७५ पुगेको छ ।

प्रदेश नम्बर २ मा पर्सामा ९० जना, रौतहटमा ५२ जना, बारामा ३६ जना, सर्लाहीमा ३४ जना, धनुषामा ११ जना, महोत्तरी र सप्तरीमा ४/४ जना र सिरहामा १ जना संक्रमित देखापरेका छन् । संक्रमितमध्ये ५ जना यस प्रदेशका स्थायी बासिन्दा भए पनि काठमाडौंमै बस्दै आएका छन् । संक्रमितहरुको विभिन्न ठाउँको आइसोलेसनमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्