निखिल भन्छन् ‘झुक्न छाडौ’

फिल्म । पछिल्लो समय नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतले दिएको प्रतिक्रियाको विरोध सर्वत्र भइरहेको छ । यतिबेला देशका भू–भागहरु जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । यसलाई लिएर कलाकारहरुले पनि आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । नेपालमा एक्सन किङको उपनाम पाएका अभिनेता तथा निर्देशक निखिल उप्रेतीले अब कसैको अगाडी झुक्न नहुने प्रतिक्रिया दिएका छन् ।

‘नेपाल आत्मनिर्भर देखिने बेला हो यो अब कसैसँग झुक्नु हुदैन । तर , यसका लागि हामीले नै साथ दिनु पर्छ । हामी सक्षम हुन् , हामीले आफ्नै उत्पादनमा जोड दिनुपर्छ’ निखिलले भने । उनले विदेशी प्रोडक्टको प्रयोग कम गर्दै जानु पर्नेमा जोड दिए । उनले कोरोना भाइरस (कोभिड १९) को उदाहरण दिदै सानो चिज भनेर हेपाहा प्रवृति नगर्न भारतलाइ भनेका छन् । ‘हाम्रा सन्ततीहरुलाई स्भाविमान बन्ने बाटोतर्फ अगाडी बढाउनु पर्छ’ निखिलले भने । उनि आफु निर्देशित पहिलो फिल्म ‘भैरव’ को सिक्वेलमा काम गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्