२ सय ९१ संक्रमित , १ को मृत्यु

देश । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदाय स्तरमा फैलिरहेको छ । गत चैत्र ११ गतेदेखि लकडाउन गरेर समाजिक दुरी कायम गरेता पनि भारतबाट आएकाहरुलाई राम्रोसँग चेक जाँच नहुदा संक्रमित संख्या बढ्दो छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहट स्थित राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।शनिबार नेपालमा पहिलो पटक कोरोना संक्रमणका कारण सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्य भएको थियो ।

कमेन्ट गर्नुहोस्