फिल्म । बलिउडमा रोमान्स किङ भनेर चिनिने शाहरुख खान पछिल्लो समय सफलताको खोजिमा छन् । त्यसैले शाहरुखले जिरोपछी फिल्ममा काम गरेका छैनन् । किनकी उनले काम गरेका फिल्मले सफलता पाउन सकेका छैनन् । यसैले गर्दा पनि शाहरुखले आफुलाई निर्देशकको जिम्मा लगाउन सकेका छैनन् । तर, यतिबेला उनले गर्न लागेको नयाँ फिल्मको खबरले बि-टाउनमा राम्रो चर्चा पाइरहेको छ । शाहरुख पछिल्लो समय बलिउडका राम्रा निर्देशकको सुचीमा पर्ने राजकुमार हिरानीसँग काम गर्ने भएका छन् ।
‘जिरो’ पछी फिल्ममा काम गर्न निकै समय लिईरहेका शाहरुख र हिरानीको फिल्म आउँदो अगस्टमा छायाँकनमा जाने प्लानिङमा छ । यद्दपी त्यसलाई लकडाउनले असर गर्न सक्ने अनुमान गरिएको छ । सन् २०१८ मा रिलिज भएको फिल्म ‘सन्जु’ पछी हिरानीले पनि फिल्म निर्देशन गरेका छैनन् । उनले आफ्नो साथी अभिजात जोशीसँग मिलेर स्क्रिप्टमा काम गरिरहेका छन् ।
यो टिममा जोडिएकी छिन् कनिका ढिल्लोन । शाहरुख र रेड चिल्लीसँग धेरै प्रोजेक्टमा काम गरेकी कनिकाले हिरानी र अभिजातलाई स्क्रिप्ट तयार पार्न सघाई रहेकी छन् । निर्देशक हिरानी पनि शाहरुखलाई सुहाउँदो कथा भएकोले काम गर्न तयार भएका छन् । शाहरुखले कथा पनि रुचाएका छन् । बलिउडमा धर्मराउँदो रनबीरको करियरलाई ‘संजु’ बाट माथि उठाउने श्रेय निर्देशक हिरानीलाई नै जान्छ । अब हेरौ , शाहरुखको करियरमा उनको भूमिका कस्तो हुन्छ । कमेडी र सोसल ड्रामा निर्देशन गर्दै आएका हिरानीले यसपटक कस्तो कथालाई अगाडी ल्याउछन ? बि-टाउनमा यो चर्चाको विषय बनेको छ । (एजेन्सी)











