देश । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गर्दै देशमा शान्ति कायम होस् भन्ने कामना गरेका छन् । बुद्ध जयन्तीको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा उनले देशवासीले अन्याय, अत्याचार र सबै प्रकारका दमनबाट मुक्ति पाउन् भन्ने कामना पनि गरेका छन् ।‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ ।’जारी सन्देशमा लेखिएको छ ।
विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन नसकेको जनाउदै देउवाको सन्देशमा शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेका जनाएका छन् । कोरोना भाइरस संक्रमणको सन्दर्भमा सभापति देउवाले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता भएको बताएका छन् ।











