फिल्म । अभिनेत्री निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ युट्युवमा सार्वजनिक भएको छ । निशाले निर्माणमा डेब्यु गरेको फिल्ममा उनको अभिनय भने छैन । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित यो फिल्मले दर्शकबाट राम्रो रेस्पोन्स पाएको थियो । फिल्म व्यावसायिक रुपमा सोचे अनुरुप विजनेस नगरेपनि हेर्नेले यसलाई रुचाएका थिए ।
फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् भने यसलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन् । यसमा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । लकडाउनको समयमा यो फिल्म हेरेर दर्शकले युट्युबमा राम्रो प्रतिक्रिया दिईरहेका छन् ।
कमेन्ट गर्नुहोस्










