बढे नेटफ्लिक्स प्रयोगकर्ता

फिल्म । गत वर्ष चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) को कारण पछिल्लो समय विश्वनै ठप्प छ । लकडाउन गरेर सामाजिक दुरी कायम गर्दै यसको महामारी रोक्न सक्ने भएका पनि विश्वका अधिकांस देशमा अहिले ‘लकडाउन’ छ । विश्वमा अधिकांस मानिस घरमै रहेकाले अहिले डिजिटल प्ल्याटफर्मको प्रयोगकर्ता बढ्दो छ ।

यतिबेला घरमै रहने प्रायले वेब सिरिज र फिल्म हेर्न थालेका छन् । यसैको कारण नेटफ्लिक्समा उल्लेख्य संख्यामा प्रयोगकर्ता बढेका छन् । सन् २०२० को पहिलो त्रैमासमा एक लाख ६० हजार मानिसले आफ्नो खाता खोलेको नेटफ्लिक्सले जनाएको छ । लकडाउनको समयमा नेटफ्लिक्स भने नयाँ फिल्म र सिरिज ल्याउने तयारीमा छ । यसैक्रममा क्रिस ह्याम्सवर्थको ‘एक्स्ट्राक्सन’ पनि रहेको छ ।

नयाँ फिल्म र सिरिज मार्फत प्रयोगकर्तालाई नेटफ्लिक्सले आकर्षित गरिरहेको छ । विश्वभर प्राय फिल्म निर्माण कार्य रोकिए पनि सन् २०१९ को अन्तिम तीन महिनाको तुलनामा नेटफ्लिक्स बढेको प्रयोगकर्ताको संख्या करिब दोब्बर हो । विश्लेषकले नेटफ्लिक्सको सेवा घरभित्र रहेका मानिसहरूलाई उपयुक्त हुने किसिमको रहेकाले प्रयोगकर्ताको संख्या बढेको बताएका छन् । नेटफ्लिक्सका अनुसार अबको तीन महिनामा थप ७५ लाख ग्राहक थपिने कम्पनीको विश्वास छ ।

कमेन्ट गर्नुहोस्