फिल्म । पछिल्लो समय साउथ इण्डियन फिल्ममा स्टाइलिस स्टारको रुपमा चिनिन्छन् , अल्लु अर्जुन । उनको एक्सन र स्टाइलले दर्शकलाई आकर्षित गर्ने गर्छ । यसैले गर्दा उनले पछिल्लो समय साउथ इण्डियनमा सफलता त पाएकै छन् भने बलिउडमा पनि चर्चा बढ्दो छ । यसैक्रममा अल्लु अर्जुनको अभिनय तथा निर्माण रहेको पछिल्लो फिल्म ‘अला वैकुण्ठपुरमलो’ को रीमेक बन्ने भएको छ । रीमेकलाई बलिउडमा साउथकै निर्माण टिमले रीमेक गर्न लागेका हुन् ।
अल्लु अर्जुन र पुजा हेग्डे अभिनित फिल्मको रीमेकलाई रोहित धवनले निर्देशन गर्ने चर्चा छ । साथै , यसमा अल्लु अर्जुनको भूमिकालाई कार्तिक आर्यनले निर्वाह गर्नेछन् । रोहितले आफ्नै भाइ वरुण धवनलाई कास्ट गर्ने सोच बनाएका थिए । यद्दपी निर्माण पक्षले भने अल्लु अर्जुनको रोल कार्तिक आर्यनलाई सुहाउने बताएका थिए । अवस्था सामान्य भएपछी फिल्मको छायाँकन गरिने बताइएको छ । (एजेन्सी)










