विदेश । कोरोना भाइरस (कोभिड १९) ले पछिल्लो समय महामारीको रुप लिएको चौथो राष्ट्रमा पर्छ , फ्रान्स । य्याहा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९८ हजार ७६ पुगेको छ । यसैगरी संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार ७ सय १८ रहेको छ भने मृत्यु हुनेको संख्या १४ हजार ९ सय ६७ पुगेको छ । फ्रान्समा कोरोना भाइरसको महामारी फैलिएसँगै कडाइका साथ लकडाउन भइरहेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि फ्रान्सले मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनअपेक्षा अनुरुप नै लकडाउनको समय अवधि थप गरेका हुन् । फ्रान्समा गत २४ घण्टामा ५७४ जनाको मृत्यु भएको छ । राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नका लागि फ्रान्ससँग पूर्वतयारी नभएको समेत टेलिभिजनमा गरिएको सम्बोधनमा स्वीकार गरे । (एजेन्सी)









