विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार तीन लाख एक सय ९८ जना निको भएका छन् । मृत्यदर इटाली र अमेरिकामा बढ्दो छ । इटालीमा मृतक संख्या १७ हजार एक सय १७ पुगेको छ भने संयुक्त राज्य अमेरिकामा मृतक संख्या १२ हजार ८ सय ४४ पुगेको छ । यसैगरी इटालीमा संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ भने अमेरिकामा संक्रमितको संख्या ३ लाख ९८ हजार एक सय ८५ पुगेको छ ।
स्पेनमा मृतक संख्या १४ हजार ४५ र संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेको छ । फ्रान्समा मृतक संख्या १० हजार ३ सय २८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ । बेलायतमा मृतक संख्या ६ हजार एक सय ७० र संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ पुगेको छ । (एजेन्सी)








