फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमण भारतमा बढ्दो छ । दिनदिनै संक्रमित संख्या बढ्दै गर्दा सरकारले लकडाउन गरेर सामाजिक दुरी कायम गर्ने प्रयास गरिरहेको छ । यसै सम्बन्धमा बलिउडकर्मीले पनि भारतको सहयोग गरिरहेका छन् । लकडाउनको कारण दैनिक मजदुरी गर्ने फिल्मकर्मीलाई बलिउडका ठुला स्टारहरुले सहयोग गरिरहेका छन् । उनीहरुले आफ्नो क्षमता अनुसार सहयोगी हात अगाडी बढाएका छन् ।
यसैक्रममा बलिउडका बिग बि अर्थात अमिताभ बच्चनले दैनिक ज्यालाको लागि मजदुरी गर्दै आएका फिल्मका प्राविधिकलाई सहयोग गर्ने भएका छन् । बलिउड अभिनेता सलमान खान र शाहरुख खानपछी अमिताभ अगाडी आएका हुन् । उनले यस्ता मजदुरको पहिचान गर्दै १ लाख प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
अल इन्डिया फिल्म इम्प्लोयीज कन्फेडरेशनसँग सहकार्य गर्दै अमिताभले घोषणा गरिएको राहत वितरण गर्नेछन् । अमिताभले रासनसँगै केहि आवश्यक वस्तु पनि उपलब्ध गराउने छन् । बिग बिको यो घोषणाको भारतका विभिन्न प्रोडक्सन हाउसले तारिफ गरेका छन् । दैनिक मजदुरी गरेर बलिउडलाई अगाडी बढाउँन मदत गरेका प्राविधिकले पनि अमिताभको तारिफ गरेका छन् । (एजेन्सी)










