देश । पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमले आम मानिस चिन्तित छन् । केहि देशमा यसले देखाएको त्रास र गरेको असरले सबै सजग हुनु जरुरि छ । कोभिड १९ को उच्च जोखिम नेपाल पनि रहेको डब्लूएचओले बताएपछि यहाँ पनि त्रास बढ्दो छ । यसैबीच बजारमा समान लुकाइने व्यापारीलाई कारवाही गर्न नेपाल सरकारले निर्देशन समेत दिईसकेको छ । यसै बीच महानगरीय अपराध महाशाखाले काठमाडौंको सानो भर्याङबाट १० हजार थान मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
१० लाख थान मास्कसहित युवराज न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जनाएका छन् । गोरखाका न्यौपानेले सानो भर्याङमा दिप ओभरसिज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगकाे सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ ।











