फिल्म । पछिल्लो समय कोरोना भाइरसको संक्रम बढ्दो छ । आवश्यक पर्ने सावधानी अपनाउन विश्वभर डब्लुएचओले भनिसकेको छ । विश्व स्वास्थ्य संगठन अर्थात डब्लुएचओले यसलाई महामारी घोषणा समेत गरिसकेको छ । यसैबीच हलिउड फिल्म जेम्स बोन्डको ‘क्वान्टम अफ सोलेस’ की अभिनेत्री तथा मोडल ओल्गा कुरेलेन्कोलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोभिड–१९ को संक्रमण भएको जानकारी दिएकी थिइन्।
‘करिब एक हप्तादेखि बिरामी भएको छु । ज्वरो र थकानको लक्षय देखिएलगत्तै चिकित्सकको सुझावमा परीक्षण गराउँदा कोरोना भाइरस भएको पुष्टि भएपछि घरमै क्वारेन्टाइनमा बसेकी छु,’ उनले भनेकी छन्, ‘यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिएर चिकित्सकहरूसँग सुझाव लिनु होला।’ यसअघि अस्कर विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको थियो । (एजेन्सी)










