फिल्म । फिल्म ‘२ नम्बरी’ को छायाँकन सुरु भएको छ । पोखरा बाट फिल्मको छायाँकन सुरु भएको हो । ३५ दिने सेड्युलमा सुरु भएको छायाँकन पोखरा र यसको आसपास नै हुने निर्माण पक्षले जनाएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार हुने फिल्मको पहिलो दृश्य नायक दयाहाङ राई र भुटानी नायिका उगेन छोदेनले पहिलो दृश्य दिएका छन् ।
उगेन भुटानी फिल्म क्षेत्रमा नायिका, निर्मात्री तथा निर्देशक समेत रहेकी उगेनले २ नम्बरीबाट नेपाली नेपालमा अभिनय यात्राको थालनी गर्दैछिन् । यसमा उनि अभिनेता दयाहाङ राईको जोडी बनेर दर्शक समक्ष प्रस्तुत हुनेछिन् । यसका मुख्य २ कलाकार नायक पल शाह र नायिका वर्षा राउत भने चैत्र ५ गतेबाट छायांकनमा जोडिनेछन् ।
दया र पल पहिलो पटक स्क्रिनमासंगै देखिदै छन् । यसमा यी दुइ मित्रको भूमिकामा निर्वाह गर्दैछन् । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । चलचित्र निर्माता संघले कोरोना त्रासका कारण चलचित्रको छायांकन रोक्न आग्रह गरेपनि निर्माताहरुले भने छायांकन भने रोकेका छैनन् । २ नम्बरीसँगै ‘परदेशी २, ए मेरो हजुर ४’को छायांकनरत छन् ।










