फिल्म । एक्ट्रेस ज्याकलिन फर्नान्डेज आफ्नो ग्लामरका कारण चर्चामा आउने गर्छिन् । उनलाई अभिनय भन्दा आइटम गीतले नै चर्चामा ल्याएको छ । पछिल्लो समय साउथ इण्डिया हुदैँ बलिउडमा प्रवेश गरेका अभिनेता प्रभाससंग फिल्म ‘साहो’ मा एक गीतमा देखिएकी ज्याक्लिनले अब साउथमै अभिनय गर्ने भएकी छिन् । उनले पछिल्लो समय बलिउडमा यात्रा सुस्त भएसंगै साउथका सुपरस्टार पवन कल्याणसँग जोडी बाँध्न लागेको खबरले चर्चामा ल्याएको छ ।
निर्देशक कृष जागर्लामुड्डीको निर्देशनमा बन्न लागेको फिल्मको बिषयमा कुरा गर्न ज्याक्लिन हैदराबाद पुगेकी थिइन् । उनि अहिले फिल्मकै लागि तेलुगु भाषा पनि सिकिरहेकी छिन् । पछिल्लो समय साउथ इण्डियन फिल्ममको चर्चा बढ्दै गर्दा बलिउड अभिनेत्री पनि साउथमा अभिनय गर्न थालेका छन् । पछिल्लो समय आलिया भट्टले पनि ‘आरआरआर’ नामक साउथ इण्डियन फिल्ममा अभिनय गरेकी छिन् । (एजेन्सी)












