विधार्थीसँग पल र पुजा

फिल्म । नायक पल शाह र नायिका पूजा शर्माले आफ्नो प्रदर्शनको तयारीमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को जोडतोडका साथ प्रचार सुरु गरेका छन् । फागुणको ३० गतेबाट रिलिज हुन लागेको यो फिल्मलाई लिएर पल र पूजा आज बिहान काठमाण्डौको व्रिलियन्ट कलेजमा पुगेका छन् ।कलेजमा सयौ विद्यार्थीहरुको माझ यी दुइले ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा नृत्य गरेका थिए । उनीहरुलाई कलेजका विद्यार्थी र शिक्षकहरुले भव्य स्वागत गरेका थिए ।

युवापुस्ता माँझ चर्चित पल र पुजालाई विधार्थीले आफु सामु पाउँदा निकै हर्षित थिए । कार्यक्रममा बोल्दै नायिका पूजा शर्माले भनिन्–‘कलेज लाइफमा म पनि बदमास थिएँ । तर, कुन बाटोमा लाग्ने भन्ने उमेर नै यही हो । पढाइसँगै मनोरञ्जन पनि गर्नुहोला ।’नायक पल शाहले यो उमेरले भविष्य बनाउने बताउँदै विद्यार्थीहरुलाई पढ्न र फिल्म हेरेर मनोरञ्जन लिन पनि आग्रह गरे ।

निर्देशक सुदर्शन थापाले मानिसको जीवनमा अध्ययनसँगैसँगै कहिलेकाही मनोरञ्जन पनि आवश्यक रहेको सुनाए । ‘हामीले युवापुस्ताकै कथालाई फिल्ममा समेटेका छौ । यसले केहि समय तपाइँलाई फ्रेस गर्छ भने मित्रता र मायालाई बुझाउछ’ निर्देशक थापाले भने । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेकोछ ।

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ । दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका यो फिल्मको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ ।

कमेन्ट गर्नुहोस्