मैत्रीपूर्ण खेलमा पत्रकार टोली विजयी

फिल्म । चितवनको निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिक्र्ट रंगशालामा भएको फिल्म ‘सेन्टी भाइरस’ र चलचित्र पत्रकारको टोली बीचको मैत्रीपूर्ण खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । रंगशालाको नमुनामा मैदानमा सम्पन्न टि-ट्वान्टी म्याचमा पत्रकारले ‘सेन्टी भाइरस’ टिमलाई ७ विकेटले पराजित गर्यो ।टस हारेर ब्याटिङ गरेको ‘सेन्टी भाइरस’ टिमले १९ ओभरमा सबै विकेट गुमाउदै १ सय ३६ रन बनाएको थियो । फिल्म युनिटको तर्फबाट लागि सुनिल भण्डारीले सर्वाधिक २५ रन बनाए ।

यस्तै एलिश राईले २१ रनको योगदान दिए । ‘सेन्टी भाइरस’ टिमको कप्तानी सिताराम कट्टेल (धुर्मुस)ले गरेका थिए । ४२ रनमै ५ विकेट गुमाएर दबाबमा आएको ‘सेन्टी भाइरस’ टिमको पारी सुनिल र एलिशले उकासेका थिए । चलचित्र पत्रकारको तर्फबाट खगेन्द्र बुढाथोकीले सर्वाधिक ४ विकेट र कप्तान सन्दीप सापकोटा सहित सुजन पण्डित र संगम धामीले समान २/२ विकेट लिए । १ सय ३७ रनको टार्गेट पच्छ्याएको चलचित्र पत्रकारको टोलिले १५.२ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । सुविहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । फिल्मका सह-निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् । ‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्