तेलुगु फिल्मकै रीमेक ‘बागी ३’ ?

फिल्म । टाइगर श्राफको हिट फ्रेनचाइज ‘बागी ३’ को ट्रेलर सार्वजनिक भएसँगै चर्चा बढ्दो छ । टाइगरले ट्रेलरमा देखाएको एक्सन र स्टनडको यतिबेला सबैले प्रसंसा गरिरहेका छन् । फिल्मको ट्रेलर पाइरहेको भ्युजले पनि यसले गर्ने व्यापारको अनुमान गर्न सकिन्छ । फिल्मको ट्रेलरलाई जति धेरै भ्युज प्राप्त भईरहेको छ यसको कथाको अनुमान पनि त्यति नै ।

यसको ट्रेलर हेरेर अधिकांस फ्यानले सोसल मिडियामा यो तेलुगु फिल्म ‘वेत्ताई’ को रीमेक रहेको अनुमान लगाएका छन् । दाजु र भाइको कथामा रहेको फिल्मको ट्रेलरले अनुमान लगाउन बाध्य बनाएको हो । किनकी यस अघिको ‘बागी’ सिरिज पनि तेलुगु फिल्मकै रीमेक रहेका थिए । बागी फिल्म मार्फत टाइगरको निकै चर्चा भयो । जबकी यो फिल्म वर्षमको रीमेक थियो । यसलाई तेलुगुमा निकै रुचाइएको थियो ।

बागीको दोस्रो फ्रेनचाइज पनि त्यस्तै थियो । यसको कथा तेलुगु फिल्म क्षषनमबाट लिइएको थियो । बागीको अघिल्लो दुइ सिरिजनै दर्शकले रुचाएका थिए । ‘हिरोपन्ति’ डेब्यु अभिनेता टाइगरलाई यसै सिरिजले बलिउडमा स्थापित गरेको थियो । उनले यसै सिरिज मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाए । यसैले गर्दा पनि तेस्रो सिरिजको ट्रेलर सार्वजनिक भएसँगै रीमेकको चर्चा बढेको हो । साजिद नाडियडवालाको निर्माण रहेको फिल्ममा टाइगरसँगै उनका पिता ज्याकी श्राफ पनि छन् । साथै फिल्ममा श्रद्धा कपुर , दिशा पटानीको पनि अभिनय रहेको छ । श्रद्धा बागी एकमा पनि थिइन् भने दुईमा दिशा पाटनी थिइन् । फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्