यशराजको व्यानरमा शाहरुख

फिल्म । शाहरुख खानको फिल्मी यात्रामा यशराज फिल्म्सको ठुलो हात छ । उनलाई स्थापित गर्ने दौडमा यशराज फिल्म्स पनि उत्तिकै सहयोगी छ । यश चोपडाले जीवनको अन्तिम फिल्म ‘जब तक है जान’ पनि शाहरुखसँगै गरेका थिए । तर , पछिल्लो समय आफ्नै कम्पनिसंगको सांझेदारी प्रोजेक्टमा विजी शाहरुखले नयाँ फिल्म गर्ने भएका छन् ।

यशराज फिल्म्सको नयाँ प्रोजेक्टलाई निर्देशन गर्ने भएकाछन् , सिद्धार्थ आनन्दले । उनले पछिल्लो समय ‘वार’ निर्देशन गरेका थिए । यस वर्ष स्थापनाको ५० औ वर्ष पार गरेको यशराजले केहि महत्वपूर्ण प्रोजेक्टहरु घोषणा गर्दैछ । जसमा शाहरुखको यो एक्सन थ्रिलर पनि रहेको छ । फिल्म मार्फत शाहरुख फेरी एक पटक मसला अवतारमा देखिनेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्