साजिदसँग फिल्म गर्दै सलमान

फिल्म । बलिउड सुपरस्टार सलमान खानले सन् २०२१ को इदलाई पनि फिल्म घोषणा गरेका छन् । प्राय इदमा फिल्म ल्याउने सलमानले क्रिसमसमा पनि फिल्म ल्याएका छन् । यिनै सलमानले आउँदो इदमा राधे ल्याउदैछन् भने त्यसको एकवर्षपछी ‘कभी इद कभी दिवाली’ ल्याउने घोषणा गरेका हुन् । उनले ट्विटर मार्फत फिल्मको घोषणा गरेका हुन् । फरहाद सामजीले निर्देशन गर्ने फिल्मको लेखन साजिद नाडियाडवाला गर्नेछन ।

साजिद नदियाडवालको व्यानरमा फिल्म बन्नेछ । सलमान र साजिद मिल्ने साथी पनि हुन् । यद्दपी सलमान र साजिदको सहकार्यमा किकको सिक्वेल आउने चर्चा केहि समय यता थियो । फरहाद सामजीले पछिल्लो रिलिज ‘हाउसफुल ४’ थियो । जसको बक्सअफिसमा सोचे अनुसारको सफलता पाउँन सकेन । अहिले सलमान ‘राधे: योर मोस्ट वान्टेड भाइ’मा व्यस्त छन् । प्रभुदेवाले निर्देशन गरिरहेको फिल्मलाई सलमानकै ‘वान्टेड’ को सिक्वेलको रुपमा हेरिएको छ । किनकी उनी फिल्ममा राधेको क्यारेक्टरमा प्रस्तुत थिए । फिल्ममा सलमानसँगै दिशा पटानी, रणदिप हुडा र ज्याक्की श्रोफको पनि अभिनय रहनेछ ।

कमेन्ट गर्नुहोस्