योद्धाको कथामा निरन्तर फिल्म

फिल्म । अभिनेता अजय देवगन महत्वकांक्षी प्रोजेक्ट तानाजी रिलिज भएको छ । फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । फिल्ममा उनि मराठा साम्राज्यको सेनापति सुबेदार तानाजी मालुसरेको भूमिका निर्वाह गरेकाछन् । जहाँ उनलाई आफ्नो एन्टागोनिस्ट भुमिकामा अभिनेता सैफअलि खानले सघाएका छन् । फिल्ममा सैफले उदयभान सिंह राठौरको भूमिका निर्वाह गर्दैछन् । यी दुईले अभिनय गरेको फिल्म कच्चे धांगेले पनि चर्चा पाएको थियो ।

अजयले यसलाई निरन्तरता दिने भएका छन् । उनले आउँदा दिनमा पनि यस्तै योद्धाको कथामा फिल्म बनाउने घोषणा गरेका छन् । ‘हामीले यस्तै वीर योद्धाको कथामा फिल्म बनाउने छौ’ अजयले भने ,’जसले हाम्रो लागि लडे उसलाई अहिलेको पुस्तामा चिनाउनु जरुरि छ भने यो इतिसाहको निरन्तरता पनि हो ।’ फिल्मलाइ अजयले भुषण कुमारसँग मिलेर बनाएका हुन् । यसमा अजयसँगै काजोलको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्